
गान्तोक, 16 जनवरी (हि.स.)। सिक्किम सरकारको आयुष विभागले जोरथाङमा चलिरहेको माघे संक्रान्ति मेलामा आयुष स्वास्थ्य जॉंच शिविर आयोजना गरिरहेको छ। जोरथाङ-नयॉं बजारको विभागीय स्टल नम्बर 17 मा शिविर लगाइएको छ। यहॉं आयुर्वेद, होमियोपेथी र सोवा रिगपाका चिकित्सहरूले नि:शुल्क रूपमा परामर्श प्रदान गर्नुका साथै स्वास्थ्य जॉंच पनि गरिरहेका छन्।
यसैगरी, विभागले नि:शुल्क आयुष औषधि, नि:शुल्क ब्लड सुगर जॉंच, नि:शुल्क हेमोग्लोबिन जॉंच तथा निवारक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवाको बारेमा जागरूकताका लागि आईईसी सामग्री वितरण गरिरहेको बताइएको छ। गत 14 जनवरीदेखि शुरू भएको मेलापछि अहिलेसम्म 200 भन्दा धेरै बिरामीहरूले यस सेवाबाट फाइदा उठाइसकेका छन्।
आयुष स्टलको स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल लगायत विभागीय अधिकारीहरूले भ्रमण गरेर यस पहलको सराहना गरेका छन्। आयुष विभागले मेलामा आउने आगन्तुकहरूलाई आगामी 22 जनवरीसम्म भ्रमण गरेर विभिन्न आयुष सेवाहरूको नि:शुल्क रूपमा फाइदा उठाउन अपील गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल