किवी फलको हिउँदे काट-छाँट तथा खेती सम्बन्धी गुरु प्रशिक्षण कार्यक्रम सम्पन्न
किवी खेती


गान्तोक, 16 जनवरी (हि.स.)। पूर्वोत्तर क्षेत्रका लागि आईसीएआर अनुसन्धान परिसर, सिक्किम केन्द्र, तादोङ, गान्तोकद्वारा सिक्किम सरकारको बागवानी विभागको सहयोगमा 16 जनवरीको दिन गान्तोक जिल्लाको बागवानी विभागका कर्मचारीहरूको निम्ति किवी फलको हिउँदे काट-छाँट खेतीबारे एकदिने स्थलगत प्रशिक्षण कार्यक्रम आयोजित गरियो। आईसीएआर सिक्किम केन्द्रका क्षेत्रीय केन्द्र प्रमुख डा. अशोक कुमारको नेतृत्त्वमा आईसीएआर-आरसी-एनईएचआर, सिक्किम केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुदीपकुमार दत्तद्वारा कार्यक्रमको समन्वयन गरिएको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

शुरुमा डा. दत्तले सिक्किम सरकारको बागवानी विभागका अतिरिक्त निर्देशक पासाङ तामाङ लगाय अन्य अधिकारी अनि स्थलकर्मीहरूलाई (निरीक्षक, क्षेत्र सहायक, जैविक खेती सहायक अनि भीएलडब्लु आदि) स्वागत जनाए। कार्यक्रममा गान्तोक जिल्लाका 68 जना स्थलकर्मीले भाग लिएका थिए।

सिक्किम सरकारको बागवानी विभागका अतिरिक्त निर्देशक पासाङ तामाङले किवी फलको बोटको काट-छाँटको महत्त्वबारे प्रकाश पारे। यसै गरी डा. दत्तले किवी फल खेतीको सम्पूर्ण प्रक्रियाबारे पावरपोइन्ट व्याख्यान प्रस्तुत गरे। यसै गरी डा. दत्तले बर्खा र हिउँदको समयमा काट-छाँटको तकनिकी, टुसा-मुनाका साथमा फल लाग्ने मुनाको पहिचान, बिरुवाको सुरक्षा अनि मल लगाउने विधि लगायतका आवश्यकताबारे विस्तारका साथ व्यावहारिक प्रशिक्षण दिए। प्रतिभागीहरूका जिज्ञासालाई पनि सम्बोधि गरियो भने कार्यक्रमको अन्त्यमा सबैले सन्तुष्टि व्यक्त गर्दै नयाँ जानकारी हासिल गर्नपाएकोमा खुशी जाहेर गरे।

प्रतिभागीहरू भविष्यमा हिउँदे काट-छाँट, कृत्रिम हस्त परागीकरण अनि किवी फलको बिरुवाबारे थप प्रशिक्षण पाउने कुराबाट अझ प्रेरित बने।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande