व्यक्तिको गलफन्दामा झुण्डिरहेको शव भेटियो
व्यक्तिको गलफन्दामा झुण्डिरहेको शव भेटियो


सिलगढ़ी, 16 जनवरी (हि. स.)। सिलगढ़ी महकुमाको फाँसीदेवामा एकजना व्यक्तिले झुण्डिएर आफ्नो ज्यान दिएका छन्। मृतकको पहिचान प्रह्लाद बसाक (38)- को रूपमा भएको छ। मृतक मूल रूपमा जलपाईगुड़ी निवासी थिए जो यहाँ एक निजी वित्तीय संस्थानमा कोषाध्यक्षको पदमा कार्यरत् थिए भने पछिल्लो सात वर्षदेखिकै तिनी यस पेशासित जोड़िएका थिए।

प्राप्त जानकारी अनुसार शुक्रवार बिहान सदा जस्तै तिनी काममा आएका थिए। त्यसपछि भाड़ाको घरमा बाथरूम जाने बहानामा तिनले फाँसी लगाएर आत्महत्या गरे। लामो समयसम्म फोनमा सम्पर्क हुन नसकेको कारणले तिनका सहकर्मी घरा पुगे जहाँ उनले प्रह्लादलाई फाँसीमा झुण्डिरहेको देखे। तिनलाई तुरून्त फाँसीदेवा ग्रामीण अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले मृत घोषित गरिदिए।

सहकर्मीको अचानक मृत्युको कारणले कार्यालयका अन्य कर्मचारीहरू गहिरो शोकमा डुबेका छन्।

भनिन्छ, पछिल्लो तीन वर्षदेखिकै तिनी फाँसीदेवास्थित कार्यालयमा कार्यरत थिए। आत्महत्याको पछाड़ि मानसिक अवसाद वा कामको दबाव थियो वा अन्य कारण थियो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनाको जाँच फाँसीदेवा थानाको पुलिसले शुरू गरेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande