प्रधानमन्त्रीको मालदा दौड़ाहपूर्व हतियारसितै युवक पक्राउ
प्रधानमन्त्रीको मालदा दौड़ाहपूर्व हतियारसितै युवक पक्राउ


मालदा, 16 जनवरी (हि. स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको मालदा दौड़ाह तथा वन्दे भारत स्लीपर ट्रेनको उद्घाटन हुनै लाग्दा जिल्ला पुलिसलाई ठूलो सफलता हात लागेको छ। समसी स्टेशन रोड क्षेत्रबाट हतियारसितै एकजना युवकलाई पक्राउ गरिएको छ। यो कारबाही समसी पुलिस चौकीद्वारा गरिएको हो।

पुलिस सूत्र अनुसार पक्रा पर्ने युवकको नाम पुसतम राय हो जो मालदा जिल्लाको झलझलिया क्षेत्र निवासी हो।

समसी पुलिस चौकीका प्रभारी रामचन्द्र साहाले शुक्रवार बताए, गए बिहीवार अबेर राती लगभग 2 बजे युवक समसी रेलवे स्टेशन तर्फ एउटा ब्याग बोकेर एग्रिल हाई स्कूल तर्फ गइरहेको थियो। प्रधानमन्त्रीको भ्रमणलाई लिएर सम्पूर्ण क्षेत्रमा रातभरि नै पुलिसको कड़ा गस्ती जारी रह्यो।

एएसआई बरुण देवनाथको नेतृत्वमा ड्यूटीमा तैनाथ पुलिस कर्मीहरूलाई युवकको गतिविधि संदिग्ध लाग्यो। रोकेर जाँच गर्दा उसको जवाफमा असंगति पाइयो। त्यसपछि ब्यागको जाँच गर्दा पुलिसको होश उड़्यो। ब्यागभित्र च्यादरमा बेरिएको दुई वटा पाइपगन र पाँच राउण्ड जिउँदो कारतूस जफत गरियो। त्यसपछि उसलाई तुरून्तै पक्राउ गरियो।

भनिन्छ, आरोपीले अन्य राज्यबाट हतियार ल्याएर जिल्लामा कुनै ठूलो षड़यन्त्रलाई परिणाम दिने दाउमा थियो। प्रधानमन्त्रीको जिल्ला भ्रमणअघि यो हतियार कहाँबाट ल्याइरहेको थियो र उसको उद्देश्य के थियो, यसको गहन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande