
कालेबुङ, 16 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज कालेबुङमा स्वर्ण जयन्ती महोत्सव, 51 पाठ परायण एवं श्री कृष्ण प्रणामी प्रार्थना भवनको उद्घाटन समारोहमा सहभागी बने। स्थानीय लोले गाउॅंमा गुरुजी श्री 108 मोहन प्रियाचार्य महाराजजीको विशेष उपस्थिति आयोजित समारोहमा दार्जिलिङका लोकसभा सांसद राजु बिष्ट, मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज लगायत अन्य गणमान्य व्यक्तिहरू र भक्तिजन उपस्थित थिए।
सीएमओ अनुसार, यस अवसरमा सिक्किम र राज्यका जनताको शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरियो। भक्तहरूले श्रीकृष्णको आशीर्वाद र पूज्य सन्तहरूको मार्गदर्शनले सिक्किम र सम्पूर्ण क्षेत्रको उत्थान जारी रहने आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल