तादोङमा घरबाट सूनका गहनाहरू र नगद चोरी
तादोङमा घरबाट सूनका गहनाहरू र नगद चोरी


गान्तोक, 16 जनवरी (हि.स.)। सदर पुलिस थाना क्षेत्र अन्तर्गत तादोङमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले सूनका गर-गहनासहित नगद चोरी गरेको बताइएको छ।

पुलिस रिपोर्टका अनुसार, गैरीगाउॅं, तादोङ निवासी स्थानीय एक व्यक्तिले गत मंगलवार उनको घरमा चोरी भएको शिकायत दर्ता गराएका छन्। उनले अज्ञात व्यक्ति (हरू) पसेर घरबाट लगभग 60 हजार रूपियॉं बराबरको सूनका गर-गहनाहरू र 30 हजार रूपियॉं नगद चोरी गरेको दाबी गरेका छन्।

पुलिसले बीएनएस, 2023 को धारा 305(ए)/331(4) अन्तर्गत मामिला दर्ता गरेर कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande