
गान्तोक, 16 जनवरी (हि.स.)। सिक्किमकी उदीयमान फिल्म निर्माता त्रिवेणी राईले २२औं थर्ड आई एशियन फिल्म फेस्टिभलमा डा. वी. शान्ताराम डेब्यू निर्देशक पुरस्कार जितेकी छन्। उनको पहिलो फिचर फिल्म 'शेप अफ मोमो', महोत्सवको भारतीय प्रतिस्पर्धा खण्डको लागि छनोट भएको थियो।
सोही महोत्सवमा, गौमाया गुरुङले 'शेप अफ मोमो' मा उनको आकर्षक अभिनयको लागि उत्कृष्ट अभिनेत्री (महिला) निर्णायक मण्डल पुरस्कार प्राप्त गरेकी छन्। हिजो राति मुम्बईमा आयोजित समापन समारोहमा फिल्म निर्माता र अभिनेताको तर्फबाट पुरस्कारहरू फिल्मकी सिनेमेटोग्राफर अर्चना घांगरेकरले ग्रहण गरिन्। पुरस्कारहरू एशियन फिल्म फाउन्डेसनका अध्यक्ष किरण वी. शान्तारामले प्रदान गरेको थियो।
निर्देशक त्रिवेणी राईले कृतज्ञता व्यक्त गर्दै भनिन्, हाम्रो फिल्मले पाएको मान्यताको लागि हामी उत्साहित र एकदमै आभारी छौं। हामीलाई आशा छ कि 'शेप अफ मोमो' को यात्राले मेरो राज्यका धेरै युवाहरूलाई फिल्म निर्माणको दुनियाँमा पाइला टेक्न प्रेरित गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल