अशोक पासवान हत्याकाण्डमा कोलकाता पुलिसले दर्ता गऱ्यो आरोपपत्र
अशोक पासवान हत्याकाण्डमा कोलकाता पुलिसले दर्ता गऱ्यो आरोपपत्र


कोलकाता, 17 जनवरी (हि.स.)। कोलकाताको दक्षिणी क्षेत्र चेतलामा भएको अशोक पासवानको नृशंस हत्याको मामिलामा कोलकाता पुलिसले आरोप पत्र दर्ता गरेको छ। पुलिस अधिकारीहरूले शनिवार बताए, यो मामिला कोलकाताका मेयर फिरहाद हकिमको वार्डभित्र पर्छ। आरोप पत्रमा हत्याको पछाड़िको उद्देश्यलाई स्पष्ट पारिएको छ।

उल्लेखनीय छ, अक्टोबर, 2022- मा चेतलाको नम्बर- 17 बस स्ट्याण्ड नजिक सार्वजनिक रूपमा रक्सी खाइरहेको बेला भएको विवादमा अशोक पासवानको निर्दयता पूर्वक हत्या गरिएको थियो। आरोप छ, विवाद हुँदै गर्दा उसको एकजना साथीले अचानक फलामको रड (क्राउबार) अशोकको गलामा रोपिदियो। गम्भीर घाइते अवस्थामाअशोक लगभग सय मीटरसम्म दौड़ियो, तर उ त्यहीँ ढल्यो। उसलाई रगतपच्छे अवस्थामा एसएसकेएम अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

यस मामिलामा पुलिसले सुरजीत हालदार र तापस पाल नामक दुईजना युवकहरूलाई पक्राउ गरेको थियो। दुवैलाई 85 पृष्ठको आरोप पत्रमा मुख्यआरोपीको रूपमा चिन्हित गरिएको छ। यो आरोप पत्र अलिपुर अदालतमा दर्ता गरिएको छ जसमा 30 जना गवाहहरूको बयान सामेल छ। जाँचकर्ता अनुसार हत्याको जड़मा आरोपीहरूमध्ये एकजनाको पत्नीलाई लिएर बएको विवाद थियो जुन रक्सी खाँदै गएपछि बढ़्यो अन्ततः हत्यामा परिणत भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande