मुख्यमन्त्रीले तीन आयुष्मान आरोग्य मन्दिर र एउटा अटल क्यान्टिनको शुभारम्भ गरिन्
मुख्यमन्त्रीले तीन आयुष्मान आरोग्य मन्दिर र एउटा अटल क्यान्टिनको शुभारम्भ गरिन्


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार शालिमार बाग विधानसभा क्षेत्रमा स्वास्थ्य एवं जनकल्याणसित सम्बन्धित केही महत्वपूर्ण परियोजनाहरूको शुभारम्भ गरिन्। मुख्यमन्त्रीले डब्लूपी ब्लक, वीपी ब्लक औ हैदरपुरस्थित म्याटरनिटी होममा तीन वटा नयाँ आयुष्मान आरोग्य मन्दिर साथै एउटा अटल क्यान्टिनको उद्घाटन गरिन्। यस अतिरिक्त उनले मीनाक्षी मन्दिर रोडको निर्माण कार्यको पनि विधिवत शुरूआत गरिन्।

मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया प्लेटफर्म ‘एक्स’ -मा पोस्ट गर्दै भनिन्, आयुष्मान आरोग्य मन्दिरहरूको माध्यमबाट अब क्षेत्रका मानिसहरूलाई आफ्नो घर नजिकै निःशुल्क डाक्टर परामर्श, जाँच सुविधा, आवश्यक औषधि, खोप तथा प्राथमिक उपचारको सुविधा उपलब्ध हुनेछ। यसबाट विशेष गरी बुजुर्ग, महिला तथा बाल-बालिकाहरूलाई ठूलो राहत मिल्नेछ।

उनले बताइन्, बादली मोड़मा शुरू गरिएको अटल क्यान्टिनको माध्यमबाट मात्र 5 रुपियाँमा तातो अनि पौष्टिक भोजन आवश्यकतामा रहेकाहरूलाई उपलब्ध गराइनेछ। यो पहल आर्थिक रूपमा कमजोर वर्गको लागि भोजनको उपलब्धता सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।

मुख्यमन्त्रीले भनिन्, स्वास्थ्य, सम्मान औ बुनियादी ढााँचा यी तीनै मोर्चामा शुरू गरिएका यी योजनाहरूले शालीमार बाग विधानसभा क्षेत्रको सर्वाङ्गीण विकासलाई नयाँ गति दिनेछन्। उनले भरोसा व्यक्त गरिन्, यी परियोजनाहरूबाट नागरिकहरूको जीवनस्तरमा मात्र सुधार नआएर क्षेत्रको स्वास्थ्य सेवा अनि आधारभूत सुविधाहरू पनि सशक्त हुनेछन्।

स्थानीय मानिसहरूले पनि मुख्यमन्त्रीको यी पहलहरूलाई स्वागत गर्दै यसलाई जनहितमा उठाइएको सराहनीय कदम बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande