मिक्स अप बोइस् खरसाङ घैयाबारीमा जारी फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश
Football tournament


खरसाङ, 17 जनवरी (हि.स.)। मिक्स अप बोइस् खरसाङ घैयाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनले घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा आयोजना गरिरहेको यस टुर्नामेन्टको दोस्रो क्वार्टर फाइनल खेल आज मिक्स अप बोइस खरसाङ र सिविटार एफसीमाझ सम्पन्न भयो।

यस म्याचको पहिलो हाफमा मिक्स अप बोइस खरसाङले 2 र सिविटारले 1 गोल गरेका थिए। म्याचको दोस्रो हाफमा मिक्स अप बोइस खरसाङले 2 को विरूद्ध 3 गोल गरी टुर्नामेन्टको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस खेलमा मिक्स अप बोइसको जर्सी नम्बर 11 लाई म्यान अफ् द म्याच घोषित गरियो।

भोलि, अब आइतबार तेस्रो क्वार्टर फाइनल खेल घैयाबरी एफसी र नयाँ कमान एफसीमाझ सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande