ई-सिमको नाममा ठग्ने साइबर अपराधी पक्राउ
ई-सिमको नाममा ठग्ने साइबर अपराधी पक्राउ


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। उत्तर-पश्चिम जिल्लाको साइबर थाना पुलिसले ई-सिम एक्टिभेशनको माध्यमबाट अनलाइन ठगी गर्ने एकजना साइबर अपराधीलाई पक्राउ गरेको छ। आरोपीको पहिचान नवीन उपनाम प्रदीप (23)-को रूपमा भएको छ जो हरियाणाको फतेहबाद जिल्लाको टोहाना निवासी रहेको बताइएको छ। आरोपीले ई-सिम तथा जाली अनलाइन खाताको माध्यमबाट एकजना व्यक्तिबाट 93,167 रुपियाँ ठगेको थियो।

उत्तर-पश्चिम जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले शनिवार बताए, आरोपीलेई-सिमलाई माय जियो एप तथा एयरटेलथ्यांक्स एपको माध्यमबाट एक्टिभेशन गरी सिधा-सोझा मानिसहरूलाई ठग्दै आइरहेको थियो। यो मामिला त्यसबेला सामु आयो जतिबेला जीटीबी नगर निवासी आकाशदीप शर्माले अनलाइन सिकायत दर्ता गराए। सिकायतमा उनले बताए, साइबर ठगहरूले उनीबाट 93,167 रुपियाँ ठगेका छन्। गत 28 अक्टोबर, 2025-मा मामिला दर्ता गरी जाँच शुरू गरियो।

जाँचमा पुलिसले तकनिकी सर्भिलान्स र डिजीटल फुटप्रिन्ट्सको विश्लेषण गऱ्यो। यसबीच ब्यांक खातासित सम्बन्धित मोबाइल नम्बरको जाँचमा ई-सिम आरोपीको नाममा एक्टिभ रहेको थाहा लाग्यो। लोकेशन ट्र्याक गर्दा आरोपीको ठेगाना टोहाना, फतेहाबाद (हरियाणा) पाइयो। त्यसपछि पुलिस टीमले छापा मारेर आरोपीलाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीले आफ्नो अपराध स्वीकार गऱ्यो।

पुलिसको भनाइ छ, आरोपको अन्य मामिलाहरूमा पनि संलिप्तता छ कि छैन जाँच गरिँदैछ। मामिलाको अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande