
मालदा, 17 जनवरी (हि.स)। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित मालदाको जनसभाबाट प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्यले विभिन्न मुद्दाहरूमा राज्य सरकारको कड़ा आलोचना गरे। सभालाई सम्बोधन गर्दै भट्टचार्यले उत्तर बंगालको विकास र राज्यको वर्तमान औद्योगिक स्थितिलाई लिएर सत्तासिन दललाई कठघरामा उभ्याए।
शमिक भट्टचार्यले आरोप लगाए, उत्तर बंगाललाई वञ्चित गरिएको जुन नारा दिइएको छ, त्यै नाराको नाममा यहाँका आम मानिसहरूलाई असली विकासदेखि टाड़ा राखिएको छ। उनले यस उपेक्षाको राजनीतिलाई बन्द गर भन्दै स्थानीय भावना तथा भूमिपुत्रहरूलाई महत्व दिनेमाथि बल दिेए। उनले भने, हामीले आफ्नो घरको छोरालाई घरमा ल्याउनुपर्छ। राजनीतिक जानकारहरूको मान्यता छ, यो बयानले प्रवासी श्रमिकहरूको समस्यातिर इशारा गरिरहेको छ।
राज्यमा उद्योगहरूको अभाव अनि रोजगारको अभावमाथि प्रश्न तेर्साउँदै भट्टचार्यले भने, पश्चिम बंगालमा तत्काल औद्योगिकीकरणको आवश्यकता छ। राज्यको वर्तमान राजनीतिक स्थितिमा बद्लाउको संकेत दिँदै उनले आत्मविश्वासको साथमा भने, अब मात्र केही महिनाको प्रतीक्षा छ। उनको यस बयानलाई आगामी चुनाउमा राज्यमा राजनीतिक परिवर्तनको संकेत मानिँदैछ। प्रधानमन्त्रीको यस हाई-भोल्टेज सभामा शमिक भट्टाचार्यको भाषणले उत्तर बंगालका मतदाताहरूमा विशेष उत्साह भरिदियो। मालदाको यस सभाबाट यो स्पष्ट भयो कि भाजपाले उत्तर बंगाललाई विशेष महत्व दिरहेको छ जुन प्रदेश भाजपा अध्यक्षका शब्दहरूबाट स्पष्ट रूपमा झल्किरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा