तीनधारेमा सुस्वास्थ्य केन्द्र निर्माणको लागि शिलान्यास
तीनधारेमा सुस्वास्थ्य केन्द्र निर्माणको लागि शिलान्यास


खरसाङ, 17 जनवरी (हि.स.)। तीनधारेको राजबारीमा सुस्वास्थ्य केन्द्र निर्माणको लागि शिलान्यास गरिएको छ। तीनधारेको राजबारीमा सुस्वास्थ्य केन्द्र भाँडामा सञ्चालित थियो भने अब यहाँ जीटीएद्वारा सुस्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएको छ।‌ उक्त सुस्वास्थ्य केन्द्रको शिलान्यास आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरियो।

शिलान्यास कार्यक्रमको अध्यक्षता राजबारी जनसेवा संघका सभापति महेन्द्र तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सभासद नवराज छेत्री उपस्थित रहेका थिए। तीनधारेको राजबारीमा जीटीएबाट सुस्वास्थ्य केन्द्रको निर्माण गर्न लागेकोमा स्थानीयहरुका पक्षमा राजबारी जनसेवा संघका सभापति महेन्द्र तामाङले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै यस सुस्वास्थ्य केन्द्रको निर्माणले स्थानीयहरुलाई धेरै सुविधा हुने भएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande