सुलतानपुर सड़क दुर्घटनामा पिकअप सवार तीन श्रमिकहरूको मृत्यु, सात घाइते
सुलतानपुर सड़क दुर्घटनामा पिकअप सवार तीन श्रमिकहरूको मृत्यु, सात घाइते


सुलतानपुर, 17 जनवरी (हि.स.)। उत्तर प्रदेशको जिल्ला सुलतानपुरस्थित पूर्वाञ्चल एक्सप्रेस-वेमा गए अबेर राती लगभग एक बजे भएको सड़क दुर्घटनामा तीनजना श्रमिकहरूको मृत्यु भयो भने अन्य सातजना गम्भीर रूपमा घाइते भए। पुलिसले सबैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पिकअप चालक वीरूले रायबरेलीबाट 14 जना श्रमिकहरूलाई लिएर आजमगढ़ तर्फ गइरहेका थिए। बाटोमा कुनै अज्ञात ट्रकले पिकअपलाई पछाड़िबाट ठक्कर दियो जसले गर्दा पिकअप पल्टिएर दुर्घटनाग्रस्त भयो। ट्रक चालक गाजीपुर तर्फ भाग्न सफल भयो।

यस दुर्घटनामा अजय कुमार (30), पुत्र राम नरेश, निवासी गम्भीरपुर, रायबरेली, किसन पाल (30)-को घटनास्थलमै मृत्यु भयो जसलाई दोस्तपुर सीएचसीमा मृत अवस्थामा ल्याइएको थियो। रजोली (35), पुत्र राम नरेश, निवासी गम्भीरपुर, रायबरेलीको अम्बेडकर नगर जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

बचाउ कार्य भइरहेको बेला अत्यधिक कुहिरोको कारणले फेरि अर्को दुर्घटना भयो। सुल्तानपुरदेखि बिहार गइरहेको कुखुरा लादिएको एउटा पिकअपले पहिला सेफ्टी कोनलाई ठक्कर दियो त्यसपछि दुर्घटनाग्रस्त पिकअपसित ठोक्कियो। पिकअपको चालकको नाम सलमान हो जो खोरपुर बुजुर्ग, थाना संग्रामपुर, अमेठी निवासी रहेको बताइएको छ। दोस्रो ठक्करमा पिकअप चालक सलमान पनि घाइते भए जसलाई एम्बुलेन्सको माध्यमबाट सरकारी अस्पताल दोस्तपुरमा लगिएको छ। पछि अकबरपुर जिल्ला अस्पतालमा रेफर गरियो। दोस्तपुर इन्स्पेक्टर अनिरुद्ध सिंहले शनिवार बताए, मृतकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande