
मुर्शिदाबाद, 17 जनवरी (हि.स.)। पश्चिम बंगालमा मुर्शिदाबाद जिल्लाको बेलडांगामा शनिवार फेरि स्थिति अनियन्त्रित भयो। एक जना प्रवासी मजदुरमाथि कुटपिट गरिएको आरोपमा स्थानीय मानिसहरूले बिहानदेखिकै सड़कमा उत्रेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले बड़ुआ मोड़मा धरना दिँदै राष्ट्रिय राजमार्ग-12 लाई जाम गरिदिए जसबाट यातायात पूर्ण रूपले ठप्प भयो।
आरोप छ, प्रदर्शन अवधि बेलडांगा स्टेशनमा एउटा समूहले रेल अवरोध गऱ्यो अनि स्टेशन नजिकै रह्को रेल गेटमा तोड़फोड़ गऱ्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बललाई घटनास्थलमा तैनाथ गरिएको छ। प्रदर्शनकारीहरूलाई हटाउनको लागि लट्ठीचार्ज गरेको आरोप पनि छ।
स्थानीय सूत्र अनुसार बेलडांगाको मह्यमपुर निवासी अनिसुर शेख नामक प्रवासी मजदुरमाथि गाजीपुरमा निर्दयतापूर्वक कुटपिट गरियो। गए शुक्रवार राति गम्भीर अवस्थामा उ आफ्नो घरमा फर्किएको थियो जसपश्चात उसला मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो। यसै घटनाको विरोधमा शनिवार बिहान लगभग साढ़े दश बजी मानिसहरू सड़कमा भेला भए।
प्रदर्शनकारीहरूको माग छ, दोषीहरू विरूद्ध तत्काल पक्राउ गरी कड़ाभन्दा कड़ा सजाय दिइयोस्। आरोप छ, यसको केही समयपछि नै प्रदर्शन उग्र भयो। प्रदर्शनकारीहरूले एउटा एम्बुलेन्सलाई रोक्नको साथै अन्य वाहनहरूमाथि तोड़फोड़ गरे। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि भीड़लाई नियन्त्रण गर्नको लागि लट्ठीचार्ज गऱ्यो।
स्मरण गराइन्छ, बेलडांगामा शुक्रवार त्यसबेला तनाउ शुरू भएको थियो जतिबेला झारखण्डमा अलाउद्दीन शेख नामक व्यक्तिको शव झुण्डिरहेको अवस्थामा भेटिएको थियो। यस घटनापछि स्थानीय मानिसहरूले प्रवासी श्रमिकहरूको सुरक्षाको लागि विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले कन्ट्रोल रूम शुरू गर्ने माग गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा