77औं गणतन्त्र दिवसलाई लिएर समन्वय बैठक सम्पन्न
77औं गणतन्त्र दिवसलाई लिएर समन्वय बैठक सम्पन्न


मङ्गन, 17 जनवरी (हि.स.)। मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षता आगामी 77औं गणतन्त्र दिवस समारोहको तयारीको समीक्षा गर्न आज एक समन्वय बैठक आयोजन गरियो। बैठकमा एसडीएम सन्दीप कुमार, एएसपी बिजय सुब्बा, मङ्गन नगर पञ्चायतका एमईओ कारजोङ भोटिया, विभागीय प्रमुख र सम्बन्धित लाइन विभागका अधिकारीहरू उपस्थित थिए।

बैठकमा कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न विभागहरूको भूमिका र जिम्मेवारीहरूमाथि चर्चा गरियो। सुरक्षा, परेड, सांस्कृतिक कार्यक्रम, ट्राफिक व्यवस्थापन, स्वच्छता, बिजुली आपूर्ति र चिकित्सा सुविधा सम्बन्धित व्यवस्थाहरू समीक्षा गरियो।

जिल्लापाल जैनेले मर्यादित र सफल गणतन्त्र दिवस आयोजनका लागि अन्तर विभागीय समन्वय र सबै तयारीहरू समयमा पूरा गर्न जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande