अरुणाचल प्रदेशका कृषकहरूलाई सिम्बिडियम अर्किड उत्पादनमा प्रशिक्षण प्रदान
अरुणाचल प्रदेशका कृषकहरूलाई सिम्बिडियम अर्किड उत्पादनमा प्रशिक्षण प्रदान


गान्तोक, 17 जनवरी (हि.स.)। अरुणाचल प्रदेशको कामेङ जिल्लाबाट आएका पॉंच जना प्रगतिशील कृषकहरूलाई अर्किड्सका लागि आईसीएआर-एनआरसी, पाकिममा सिम्बिडियम अर्किडको उत्पादन प्रविधिको बारेमा प्रशिक्षण प्रदान गरिएको छ। उक्त तीन दिवसीय प्रशिक्षण कार्यक्रम आज आईसीएआर-एनआरसीओका वैज्ञानिकहरूद्वारा सिम्बिडियम अर्किडमा संस्कृति आवश्यकता, पोषण र कीट व्यवस्थापन सम्बन्धी प्राविधिक सत्रसँगै शुरु भयो।

यस क्रममा किसानहरूलाई गमला तयारी, बिरुवा चरणमा सिँचाई व्यवस्थापनको विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। आफ्नो तीन दिवसीय भ्रमण अवधि कृषकहरूले सिक्किम र दार्जिलिङका सिम्बिडियम उत्पादकहरूसॅंग अन्तरक्रिया पनि गर्नेछन्।

प्रशिक्षण कार्यक्रमको समन्वय वैज्ञानिक एवं नोड अधिकारी डा. कलैवनन र अरुणाचल प्रदेशको वेस्ट कामेङका डीएचओ प्रेम खिम्रेले गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande