
भुवनेश्वर, 17 जनवरी (हि.स.)। राजधानी भुवनेश्वरको क्यापिटल अस्पतालका डाक्टरहरूले ड्यूटीमा तैनाथ एकजना डक्टरमाथि भएको हमलाको विरोधमा शनिवार कालो पट्टी बाँधेर ओपीडी सेवालाई जारी राखे।यो मौन प्रदर्शन जुनियर डाक्टर्स एसोसिएशनद्वारा आयोजना गरिएको हो जसमा सरकारी डाक्टरहरूको लागि उचित सुरक्षा व्यवस्थाको माग गरियो।
यो विरोध त्यस घटनापछि शुरू भएको हो जसमा एकजना रोगीको आफन्तले अस्पताल परिसरभित्रै एकजना डाक्टरमाथि हमला गऱ्यो। यस हमलामा डाक्टरसँगसँगै उनका एकहना सहयोगी स्टाफ सदस्य पनि घाइते भए। घटनापछि स्वास्थ्यकर्मीहरूमा गहिरो रोष व्याप्त भएको छ। उनीहरूको भनाइ छ, डाक्टरहरूमाथि लगातार हमला भइरहेको छ।
प्रदर्शन गरे पनि डाक्टरहरूले रोगीहरूको चिकित्सा सेवा प्रभावित नहुने स्पष्ट पारे। तथापि उनीहरूले चेताउनी दिए, यदि सरकारले चाँड़ै पर्याप्त सुरक्षा व्यवस्था नगरे आगामी दिनमा ओपीडी सेवालाई निलम्बन गर्न सकिन्छ।
यसबीच स्वास्थ्य सचिव अश्वथी एसले आज क्यापिटल अस्पतालको भ्रमण गरी स्थितिको समीक्षा गरे। मीडियासित बातचित गर्दै उनले भने, सुरक्षा हाम्रो जिम्मेदारी हो। हामी उनीहरूको सुरक्षालाई सुनिश्चित गर्नको लागि सबै आवश्यक कदम उठाउनेछौं। पुलिससित पनि बातचित जारी छ। हामी आशा गर्छौं, हमलामा सामेल मानिसहरूलाई चाँड़ै पक्राउ गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा