'दोस्रो सिक्किम कला एवं साहित्य महोत्सव' को आयोजनलाई लिएर प्रारम्भिक बैठक सम्पन्न
'दोस्रो सिक्किम कला एवं साहित्य महोत्सव' को आयोजनलाई लिएर प्रारम्भिक बैठक सम्पन्न


गान्तोक, 17 जनवरी (हि.स.)। आगामी मार्च महिनामा हुने 'दोस्रो सिक्किम कला एवं साहित्य महोत्सव' को आयोजनलाई लिएर आज शिक्षा विभागको सम्मेलन हलमा एक प्रारम्भिक बैठक आयोजन गरियो। विद्यार्थी कल्याण बोर्डका चेयरमेन सोनाम छोपेल शेर्पाले बोलाएको यस बैठक शिक्षा विभागका सचिव टाशी छोपेल, एपीएस छिरिङ वाङचुक लेप्चा, ओएसडी रीवाज छेत्री, ओएसडी संजय दिलपाली राई, चेयरमेन किरण दाहाल र शिक्षा विभागका अधिकारीहरू उपस्थित थिए।

बैठकमा कार्यक्रम आयोजनको लागि उपयुक्त स्थलको छनोट, आमन्त्रित गरिने प्रख्यात लेखक र कविहरूको पहिचान, र सिक्किमका विद्यार्थीहरू र आम जनतामाझ बलियो पठन संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने रणनीति जस्ता विषयहरूमाथि चर्चा गरियो। महोत्सवले विशेष गरी युवाहरूमाझ साहित्यिक आदानप्रदान, रचनात्मक अभिव्यक्ति र बौद्धिक संलग्नताको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने लक्ष्य राखिएको छ।

बैठकमा मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा कला, संस्कृति र साहित्यको पोषण गर्ने र समाजका सबै वर्गहरूमा पढ्ने बानीलाई प्रोत्साहित गर्ने सिक्किम सरकारको बृहत् दृष्टिकोण अनुरुप छलफलहरू आयोजना गरिएको बताइएको छ।

बैठकमा सबै सहभागीहरूले दोस्रो सिक्किम कला एवं साहित्य महोत्सव समावेशी, प्रभावकारी र सिक्किमको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको प्रतिबिम्ब होस् भन्ने कुरा सुनिश्चित गर्न बहुमूल्य सुझाउहरू साझा गरे। यो महोत्सवलाई एक ऐतिहासिक कार्यक्रमको रूपमा परिकल्पना गरिएको छ जसले रचनात्मकतालाई प्रेरित गर्नेछ, संवादलाई बढावा दिनेछ र राज्यको साहित्यिक पारिस्थितिक प्रणालीलाई बलियो बनाउनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande