बाँकुड़ा-जयरामबाटीबीच आध्यात्मिक मेमू सेवाको ऐतिहासिक कदम
बाँकुड़ा-जयरामबाटीबीच आध्यात्मिक मेमू सेवाको ऐतिहासिक कदम


बाँकुड़ा, 18 जनवरी (हि. स.)। भारतीय रेलद्वारा पश्चिम बंगालको बाँकुड़ा जिल्लामा रेल कनेक्टिभिटीलाई सशक्त बनाउने दिशामा आइतवार एक महत्वपूर्ण अध्याय थपिरहेको छ। बहुप्रतीक्षित जयरामबाटी-बाँकुड़ा मेमू प्यासेन्जर ट्रेनको आज विधिवत उद्घाटन भइरहेको छ। यो नयाँ रेल सेवा शुरू भएपछि जिल्लाको आर्थिक एवं सामाजिक ढाँचा मजबुत हुने आशा छ।

यो ट्रेन सेवा शुरू भएपछि माता शारदाको जन्मस्थली जयरामबाटी र नजिकै अवस्थित कामारपुकुर जाने श्रद्धालुहरूलाई ठूलो राहत मिल्नेछ। अहिलेसम्म सड़क मार्गमाथि निर्भर तिर्थ यात्रीहरूले अब उसो सस्तो र आरामदायक रेल यात्राको आनन्द उठाउन सक्नेछन्। यसबाट क्षेत्रमा धार्मिक पर्यटनले प्रोत्साहन पाउनेछ जसबाट स्थानीय हस्तशिल्प अनि कुटीर उद्योगहरूको लागि आयको नयाँ श्रोत खोलिनेछ।

रेलवे प्रशासन अनुसार अत्याधुनिक मेमू कोचबाट सुसज्जित यो ट्रेन यात्रीहरूलाई झट्का रहित तथा आरामदायक यात्रा प्रदान गर्नेछ। यो ट्रेनले बाँकुड़ा जिल्ला मुख्यालयलाई ग्रामीण अञ्चलहरूसित मात्र नजोड़ेर स्थानीय लघु व्यापारी तथा किसानहरूको लागि आफ्ना उत्पादहरूलाई बजारसम्म पुऱ्याउने एक सशक्त माध्यम पनि बन्नेछ।

यद्यपि क्षेत्रका केही वर्गबाट ट्रेनको समय सारणीलाई लिएर स-सानो मतभेद तथा सुझाउहरू आएका छन्, तर प्रशासनले यसलाई एउटा सकारात्मक फीडब्याकको रूपमा लिएको छ। रेलवे सूत्रको भनाइ छ, परिचालनको प्रारम्भिक चरणपछि यात्रीहरूको सुविधा र मागको मूल्यांकन गरिनेछ जसको आधारमा भविष्मा समय सारणीमा आवश्यक समायोजन गर्न सकिन्छ ताकि आम मानिसहरूलाई अधिकभन्दा अधिक लाभ मिलोस्।

विकास तर्फ बढ़्दो कदम-

सोशल मीडियामा 'बाँकुड़ा अनप्लग्ड' जस्ता समूह तथा स्थानीय नागरिकहरूले नयाँ ट्रेनलाई स्वागत गर्दै यसलाई जिल्लाको लागि एउटा ठूलो उपलब्धि बताएका छन्। मानिसहरूको मान्यता छ, बुनियादी ढाँचामा यो निवेशले भविष्यको विकसित बाँकुड़ाको आधार राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande