
मुुम्बई, १८ जनवरी (हि.स.)।
महाराष्ट्रको सोलापुर जिल्लामा गए राति तीव्र गतिमा रहेको एउटा कार रुखसँग ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। घाइते महिलाको उपचार मोहोल ग्रामीण अस्पतालमा भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ मोहोल पुलिस चौकीको टोली घटनास्थलमा पुगेको थियो र सबै मृतकका शवहरू पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीका अनुसार, पनवेलबाट छ जना व्यक्ति कारमा सवार भई अक्कलकोट देवदर्शनका लागि जाँदै थिए। राति लगभग १ बजी पुणे–सोलापुर राजमार्ग अन्तर्गत मोहोल नजिकको देवडी पाटी क्षेत्रमा पुग्दा चालकले कारमाथि नियन्त्रण गुमाए, जसका कारण कार अनियन्त्रित भई सडक छेउको रुखसँग ठोक्किन पुग्यो।
दुर्घटनामा कारमा सवार पाँच जनाको मृत्यु भयो भने एक महिला गम्भीर घाइते भइन्। आइतबार बिहानै घटनाको सूचना पाएपछि मोहोल पुलिस चौकीको टोली घटनास्थलमा पुगेर कारभित्रबाट पाँच जनाका शव निकाल्दै पोस्टमार्टमका लागि पठायो।
दुर्घटनामा ज्योति जयदास टकले नामकी महिला घाइते अवस्थामा कारभित्र फसेकी थिइन्। उनलाई तत्काल मोहोल ग्रामीण अस्पतालमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान माला रवि साल्वे (४०), निवासी पञ्चशील नगर झुग्गी, अर्चना तुकाराम भण्डारे (४७), विशाल नरेन्द्र भोसले (४१), अमर पाटिल र आनन्द मालीका रूपमा गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी