
बाक्सा (असम), 18 जनवरी (हि.स.)। बाक्सा जिल्लाको मुसलपुर क्षेत्रमा द्रूत गतिको स्विफ्ट कार दुर्घटनाग्रस्त भएको कारणले कारमा सवार एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य दुईजना मानिसहरू गम्भीक रूपमा घाइते भए।
पुलिसले आइतवार बतायो, जिल्लाको मुसलपुर क्षेत्रमा कार अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा कार सवार एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए।
सड़क दुर्घटनामा मारिएका व्यक्तिको पहिचानन सावन्त कलिताको रूपमा भएको छ भने गम्भीर रूपमा घाइतेद्वय जिन्टु शर्मा र रवि बोड़ोलाई अस्पतालमा भर्ती गरिएको छ। यीमध्ये जिन्टु शर्मालाई उन्नत चिकित्साको निम्ति नलवाड़ी पठाइएको छ।
यो दुर्घटना वर्माबाट निकासीलाई जोड़्ने सड़कमा भएको हो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पुलिसले अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा