
सिलचर (असम), 18 जनवरी (हि.स.)। कछार जिल्ला मुख्यालय शहर सिलचरमा संचालित नशालु पदार्थहरूको तस्करी विरोधी अभियानमा पुलिसले ठूलो सफलता हात पारेको छ। गए राति पुलिसले एउटा ट्रकबाट 195 कार्टुन विदेशी मदिरा जफत गरेको छ।
पुलिस सूत्र अनुसार, उक्त मदिरा मेघालयदेखि मिजोरम लगिँदैथ्यो। गुप्त सूचनाको आधारमा पुलिसले वाहनलाई रोकेर जाँच गर्दा वाहनमा भारी मात्रामा मदिरा भेटियो जसलाई पछि जफत गरियो।
यस मामिलामा ट्रक चालक माचुल अहमद र उसका सहयोगी अब्दुल वहिदलाई पक्राउ गरिएको छ। दुवैविरूद्ध सम्बन्धित धाराहरूमा मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरिएको छ।
पुलिस यो पत्तो लगाउन जुटेको छ, यस तस्करीको पछाड़ि को-को सामेल छन् र मदिरा आपूर्तिको नेटवर्क कति ठूलो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा