तामुलपुरमा जंगली हात्तीको हमलामा किशोरीको मृत्यु
तामुलपुरमा जंगली हात्तीको हमलामा किशोरीको मृत्यु


तामुलपुर (असम), 18 जनवरी (हि.स.)। असमको तामुलपुर जिल्लामा जंगली हात्तीको हमलामा परी एकजना किशोरीको मृत्यु भयो। यस घटनाको कारणले क्षेत्रमा भय अनि शोक व्याप्त भएको छ।

पुलिस प्रवक्ताले आज बताए, बितेको राती किशोरी घरदेखि बाहिर आँगनमा निक्लिनसाथ त्यस क्षेत्रमा घुमिरहेको एउटा हात्तीले उमाथि अचानक हमला गऱ्यो। हमलामा किशोरीको घटनास्थलमै मृत्यु भयो।

मृतकाको पहिचान बेलतर खैराणी गाउँ निवासी सुलेखा बर्मनको रूपमा भएको छ। घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू तथा वन विभागीय अधिकारीहरू घटनास्थलमा पुगे। यस घटनाले फेरि वन क्षेत्र संलग्न स्थानहरूमा बढ़्दो मानव-हात्ती संघर्षको गम्भीरतालाई उजागार गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande