प्रय़ागराजमा अविमुक्तेश्वरानन्द सरस्वतीको साथ दुर्व्यवहार निन्दनीयः कांग्रेस
खेड़ा


नयाँ दिल्ली, 19 जनवरी (हि.स.)। प्रयागराजमा मौनी अमावस्यामा स्नानको निम्ति जाने क्रममा शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीलाई पुलिसले रोकेको र त्यसपछि उनका शिष्यहरूसँग भएको झगड़ाको कांग्रेस पार्टीले निन्दा गरेको छ।

कांग्रेस प्रवक्ता पवन खेड़ाले सोमवरा पार्टी मुख्यालयमा पत्रकार सम्मेलनमा घटनाको निन्दा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तक्षेप गर्न अपील गरे। उनले भने, सम्पूर्ण कांग्रेस पार्टी सन्तहरूको समर्थनमा उभिएको छ। शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्दसंगको दुर्व्यवहारबाट सबै दुःखी छन्। शंकराचार्य घटना भएदेखि नै अनशनमा छन् तर सरकारमा कसैलाई पनि वास्ता छैन। सन्तहरूको अपमानले सबै दुःखी छन्।

उनले भाजपा सरकारको अधीनमा जताततै कुप्रबन्धको वातावरण रहेको आरोप लगाए। उनले भऩे, माघ मेलामा जनतासँगै सन्तहरूको लागि शाही स्नानको व्यवस्था एक पुरानो परम्परा हो, जुन मुगल र बेलायतीहरूभन्दा पहिलेदेखि चल्दै आएको छ। आजसम्म कसैले पनि सन्तहरूलाई शाही स्नान गर्नबाट रोकेको छैन। एकातिर यो सरकारले सन्तहरूलाई स्नान गर्नबाट रोक्छ भने अर्कोतिर कुम्भ मेला जस्ता प्रमुख कार्यक्रमहरूमा धनीहरूलाई स्नान गर्नको लागि भीआईपी व्यवस्था गरिन्छ। यो निन्दनीय छ।

उनले भने, हामी धर्मको राजनीति गर्दैनौं, न त हामी यसलाई सहन नै सक्छौं। मौनी अमावस्यामा शाही स्नान एक अटूट परम्परा हो। यसलाई रोक्न सकिँदैन। उनले उत्तर प्रदेशका मुख्यमन्त्रीले यसको लागि माफी माग्ने माग गरे। उनले भने, सम्पूर्ण कांग्रेस पार्टी सन्तहरूको साथमा उभिएको छ र प्रदेश कांग्रेसले चाँडैि नै उनीहरूलाई सम्पर्क गर्नेछ र प्रशासनलाई दबाब दिनेछ।

ज्ञात होस्, मौनी अमावस्याको अवसरमा शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वती प्रयागराजमा पालकीमा स्नानको निम्ति जाने क्रममा पुलिसले उनलाई भीड़ भएको कारण पालकी छोड़ेर पैदल अगाड़ी बढ्न अनुरोध गरेको थियो। जसमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरे। उनका समर्थकहरू र पुलिसबीच झड़प भयो, जसले गर्दा क्रोधित शंकराचार्यले अनशन शुरू गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande