कर्नाटकको लक्कुण्डीमा प्राचीन खजाना पत्ता लाग्यो; शिवलिंग, किल्लाहरू र अमूल्य कलाकृतिहरू फेला परे
शिव


गदग, 19 जनवरी (हि.स.)। कर्नाटकको गदग जिल्लाको ऐतिहासिक लक्कुण्डी गाउँमा जारी उत्खननले इतिहास र संस्कृतिका नयाँ रहस्यहरू उजागर गरेको छ। गाउँमा घरको जग खन्ने क्रममा खजाना फेला परेको रिपोर्टपछि विगत तीन दिनदेखि उत्खनन तीव्र गतिमा भइरहेको छ। मन्दिरका अवशेषहरू र बहुमूल्य प्राचीन कलाकृतिहरू फेला परेका छन्, जसले राज्यभरि जिज्ञासा र चासो जगाएको छ।

पुरातत्व विभाग अनुसार, कोटे वीरभद्रेश्वर मन्दिरको अगाड़ी उत्खनन गर्दा एक निजी संस्थानको नजिकैको विद्यालय हटाउन जेसीबी प्रयोग गरिँदै गर्दा एक विशाल प्राचीन किल्ला पर्खाल फेला परेको थियो। यस पर्खालभित्र गाड़िएका पुरावशेष र शिल्पकृतिहरू लक्कुण्डीको समृद्ध कलात्मक र सांस्कृतिक सम्पदाको प्रमाण दिन्छन्।

इतिहासकारहरू भन्छन् कि चालुक्य, होयसल र विजयनगर कालमा लक्कुण्डी एक प्रमुख सांस्कृतिक र आर्थिक केन्द्र थियो। यहाँ प्राचीन सिक्काहरूको प्रमाण पनि फेला परेको छ, जसले यस क्षेत्रमा व्यापक समृद्धिलाई संकेत गर्दछ। उत्खनन स्थलको निरीक्षण कर्नाटक पुरातत्व विभागका आयुक्त ए. देवराजु, निदेशक शेजेश्वर र जिल्ला मजिस्ट्रेट सीएन श्रीधरले गरे।

वास्तवमा, लक्कुण्डीमा प्राचीन वस्तुहरूको खोज कुनै नयाँ कुरा होइन। 91 वर्षीय तोटैया काशैया पत्रिमठले वर्षौंदेखि पञ्चनील, इन्द्रनील, नीलम, कोरल, मोती, सुन, हीरा, पन्ना र क्रिस्टलका सिक्का सङ्कलन गर्दै आएका छन्। वर्षायाममा यस्ता रत्नहरू फेला पार्नु उनको नियमित गतिविधि भएको भनिन्छ।

यसरी नै विगत 40 वर्षदेखि हलागुण्डी बसवन्ना मन्दिर नजिकैको जमीनमा उत्खनन गर्दै आएका बसप्पा बडिगेरेले मोती, कोरल, नीलम, क्रिस्टल, सेतो कोरल, करिपुक्का र हरियो रत्नहरू सहित असंख्य बहुमूल्य वस्तुहरू फेला पारेका छन् र प्रशासनलाई हस्तान्तरण गरेका छन्। उनी हालै पत्ता लागेका वस्तुहरू सरकारलाई पनि हस्तान्तरण गर्ने तयारीमा छन्।

लक्कुण्डीको ऐतिहासिक महत्व

उत्खननको चौथो दिन लगभग तीन फिटको गहराइमा एउटा प्राचीन बन्चरो आकारको अवशेष फेला पऱ्यो, जुन सयौं वर्ष पुरानो मानिन्छ। पहिलो दिन, शिवलिंगको पाणिपीठ फेला पऱ्यो र भोलीपल्ट सर्प आकारको अवशेष भएको शिवलिंगको अवशेष फेला पऱ्यो। लक्कुण्डी गाउँ चालुक्य र राष्ट्रकूट कालका लगभग 101 मन्दिर र 101 वटा सिँढ़ीका इनारहरूका लागि प्रसिद्ध छ, जसले यसको ऐतिहासिक महत्वलाई अझ् बढ़ाउँछ।

पुरातत्व विभागका वरिष्ठ अधिकारीहरू भन्छन् कि चारदेखि पाँच फिटको गहराइमा थप महत्त्वपूर्ण अवशेषहरू फेला पर्ने सम्भावना छ।

रहस्य र मान्यताहरू

उत्खननको क्रममा किल्लाको पर्खाल नजिकै एउटा विशाल सर्प देखा पर्दा कामदारहरूमा डरको वातावरण सिर्जना भयो र लगभग आधा घण्टाको लागि काम रोक्नु पऱ्यो। यद्यपि, अमावस्याका दिन सर्प देखा पर्दा गाउँको विश्वासलाई अझ् बलियो बनायो कि जहाँ खजाना भेटिन्छ त्यहाँ सर्पहरू बस्छन्।

पुरातत्वविद्हरूको भनाई छ, लक्कुण्डीमा भइरहेको उत्खननले कला, संस्कृति र इतिहासको समृद्ध परम्परालाई उजागर गरिरहेको छ। आगामी दिनहरूमा थप प्राचीन रहस्यहरू प्रकट हुने सम्भावना छ, जसले गर्दा यो क्षेत्र ऐतिहासिक र सांस्कृतिक रूपमा अझ् महत्त्वपूर्ण हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande