
प्रयागराज (उत्तर प्रदेश), १९ जनवरी (हि.स.)। माघ मेला पुलिस तथा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द महाराजले आफ्नो शिविर बाहिर पालकीमै विराजमान रहेर सम्पूर्ण रात बिताएका छन्। उनले अन्न–जल ग्रहण नगरी रात बिताए र सोमबार बिहान पालकीमै विधिविधानपूर्वक दण्ड, तर्पण तथा पूजा–अर्चना सम्पन्न गरे।
यो जानकारी सोमबार बिहान शंकराचार्यका प्रवक्ता शैलेन्द्र योगी सरकारले दिएका हुन्। महाराजले बिहान संगम क्षेत्रको रेतीमा पालकीमै बसेर दण्ड–तर्पण गरेको उनले बताए। यस क्रममा उनका भक्तजन तथा शिष्यहरूले पनि पालकी नजिकै संगमको रेतीमा रात बिताए।
शिविर बाहिर सम्पन्न यस सम्पूर्ण धार्मिक अनुष्ठानका क्रममा भक्तजन तथा श्रद्धालुहरूले निरन्तर “राम, श्रीराम, जय सियाराम” को जप गर्दै वातावरणलाई भक्तिमय बनाएका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी