
मुम्बई, १९ जनवरी (हि.स.)। महाराष्ट्रको नासिक जिल्लास्थित मालेगाउँ–मनमाड राजमार्गमा वराडे गाउँ नजिक सोमबार बिहान निजी बस र एक पिकअप सवारीसाधनबीच भएको भीषण ठक्करमा चार यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
घाइते सबैलाई मालेगाउँ उपजिल्ला अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनाको अनुसन्धान मालेगाउँ पुलिस चौकीको टोलीले गरिरहेको छ।
पुलिसका अनुसार, निजी बस पुणेबाट मालेगाउँतर्फ जाँदै थियो। बस वराडे गाउँ नजिक पुगेका बेला विपरीत दिशाबाट आइरहेको पिकअप सवारीसाधनसँग ठोक्किन पुगेको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि मालेगाउँ पुलिस टोली घटनास्थलमा पुगेको थियो र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्याइएको थियो। मृतकका शवहरू बरामद गरी पोस्टमार्टमका लागि पठाइएको छ। समाचार लेखिँदासम्म मृतकहरूको पहिचान हुन सकेको थिएन। घटनाबारे थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी