
नयाँ दिल्ली, १९ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार स्वतन्त्रता सेनानी पार्वती गिरिको जन्म शताब्दीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्रीले स्वतन्त्रता संग्राममा उनको योगदानलाई अत्यन्त सराहनीय बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत पार्वती गिरिको जन्म शताब्दीमा श्रद्धाञ्जली अर्पण गर्दै भने, 'औपनिवेशिक शासनको अन्त्यका लागि चलेको आन्दोलनमा उहाँले प्रशंसनीय भूमिका निर्वाह गर्नुभयो।' सामुदायिक सेवा, स्वास्थ्य सेवा, महिला सशक्तीकरण तथा संस्कृति जस्ता क्षेत्रमा काम गर्ने उनको समर्पण र उत्साह उल्लेखनीय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले यसअघि २८ दिसम्बरमा आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा पनि पार्वती गिरिको योगदानको चर्चा गरेको थियो । ‘एक्स’ मा साझा गरिएको एक पोस्टमा उनले आगामी महिनामा पार्वती गिरिको जन्म शताब्दी मनाइने उल्लेख गर्दै स्वतन्त्रता आन्दोलनमा उनको महत्वपूर्ण योगदान र गरिब तथा वञ्चित वर्गको उत्थानप्रतिको प्रतिबद्धतालाई स्मरण गरेको थियो।
उल्लेखनीय छ, पार्वती गिरि (१९२६–१९९५) ओडिशाकी एक प्रमुख स्वतन्त्रता सेनानी तथा समाज सुधारक थिइन्। उनलाई “पश्चिमी ओडिशाकी मदर टेरेसा” का रूपमा समेत चिनिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी