मानहानि मामिलामा बयान दर्ता गराउन सुलतानपुर पुगेनन् राहुल गान्धी, 20 फरवरीमा हुनेछ सुनवाई
राहुल


सुलतानपुर, 19 जनवरी (हि.स.)। विपक्षी दलका नेता राहुल गान्धीलाई आज उत्तर प्रदेशको सुलतानपुर स्थित एमपी-एमएलए कोर्टमा केन्द्रिय गृहमन्त्री अमित शाह विरुद्धको मानहानि मुद्दाको सुनवाइको लागि उपस्थित हुनु थियो तर उनी उपस्थित हुन सकेनन्। अदालतले उनलाई अन्तिम अवसर दिँदै 20 फरवरीको मिति तय गरेको छ। सांसद राहुल गान्धीका वकिल काशी शुक्लाले सोमवार राहुल गान्धी केरलामा रहेको र उपस्थित हुन नसकेको बताए।

कोतवाली देहातको हनुमानगंजका भारतीय जनता पार्टी (भाजपा) नेता विजय मिश्राले अक्टोबर 2018 मा कांग्रेस नेता राहुल गान्धी विरुद्ध मानहानि मुद्दा दायर गरेका थिए। उनले आरोप लगाएका थिए कि अगस्त 2018 मा कर्नाटक चुनाउ अभियानको क्रममा राहुल गान्धीले तत्कालीन भाजपा अध्यक्ष अमित शाह विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए। यो मुद्दा विगत पाँच वर्षदेखि सुलतानपुर अदालतमा चलिरहेको छ। राहुल गान्धी उपस्थित हुन नसकेपछि तत्कालीन न्यायाधीशले दिसम्बर 2023 उनी विरुद्ध वारेन्ट जारी गरेका थिए। यसपछि 20 फरवरीमा राहुल गान्धीले अदालतमा आत्मसमर्पण गरे, जहाँ विशेष मजिस्ट्रेटले उनलाई 25-25 हजार रूपियाँका दुई मुचलकामा जमानत दिएका थिए।

त्यसपछि 26 जुलाई 2024 मा राहुल गान्धीले अदालतमा आफ्नो बयान रेकर्ड गरे, आफूलाई निर्दोष घोषित गर्दै मुद्दालाई राजनीतिक षड्यन्त्र भने। राहुल गान्धीको बयानपछि अदालतले वादीहरूलाई प्रमाण पेश गर्न निर्देश दियो। त्यसबेलादेखि यस मामिलामा लगातार साक्षीहरू पेश गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande