भारतीय तटरक्षक बलले 24 बांग्लादेशी मछुआरालाई पक्राउ गऱ्यो
भारतीय तटरक्षक बलले 24 बांग्लादेशी मछुआरालाई पक्राउ गऱ्यो


कोलकाता, 20 जनवरी (हि.स.)। भारतीय तटरक्षक बल (इण्डियन कोस्ट गार्ड) ले पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बंगालको खाड़ीमा अन्तरराष्ट्रिय समुद्री सीमा उल्लङ्घन गरेको आरोपमा 24 बंगलादेशी माझीहरूलाई पक्राउ गरेको छ। ती सबैलाई पछि पश्चिम बंगाल पुलिसको तटीय शाखालाई सुम्पियो।

भारतीय रक्षा मन्त्रालयको पूर्वी कमान मुख्यालयले मंगलवार बतायो, सोमवार बिहान गस्तीको क्रममा तटरक्षक बलको एक पोतले भारतीय जलक्षेत्रभित्र बांग्लादेशी माछा मार्ने ट्रलर देख्यो। त्यसपछि तटरक्षक पोतले ट्रलरलाई पछ्यायो र भारतीय जलक्षेत्रभित्रै पक्राउ गऱ्यो। प्रारम्भिक सोधपुछपछि माझीहरूलाई सोमवार दिउँसो फ्रेजरगंज तटीय पुलिस थानालाई सुम्पियो।

सोधपुछको क्रममा माझीहरूले बाक्लो कुहिरोका कारण अनजानमा भारतीय जलक्षेत्रमा प्रवेश गरेको दाबी गरे। यद्यपि, पुलिस सूत्रहरूको भऩाई छ, घुसपैठ दुर्घटनावश भएको हो वा अन्य कुनै उद्देश्य थियो भनेर निर्धारण गर्न थप अनुसन्धान भइरहेको छ। पक्रा परेका माझीहरूले कुनै पनि वैध पहिचान कागजातहरू प्रस्तुत गर्न सकेनन्।

तटरक्षक बलका प्रवक्ताले भने, पक्रा परेका माझीहरू गल्तीले भारतीय जलक्षेत्रमा प्रवेश गरेका थिएनन्, बरु बारम्बार उनीहरू भारतीय जल सीमामा आइरहेका छन्। स्थानीय गस्ती टोलीहरूले पुष्टि गरे कि यी माझीहरू प्रायः तटीय क्षेत्र खाली भेट्टाएपछि प्रवेश गर्थे। बारम्बार गुनासो आएपछि उनीहरूमाथि निगरानी राखिएको थियो र अहिले पक्राउ गरिएको छ।

एक जिल्ला पुलिस अधिकारीले भने, तिनीहरू सबैलाई अन्तरराष्ट्रिय समुद्री सीमा अवैध रूपमा उल्लङ्घन गरेर भारतीय जल क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई आज (मंगलवार) जिल्ला अदालतमा पेश गरिनेछ।

उल्लेखनीय छ कि हालैका महिनाहरूमा भारतीय तटरक्षक बलले 100 भन्दा बढ़ी बांग्लादेशी माझीहरूलाई अवैध रूपमा भारतीय जल क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको छ। तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो भने अरूको मुद्दा दक्षिण 24 परगना जिल्लाको काकद्वीप अदालतमा विचाराधीन छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande