
खरसाङ, 20 जनवरी (हि.स.)। रोयल एफसी घैयाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस वेलफेयर एसोसिएसनद्वारा आयोजित यस टुर्नामेन्ट अन्तर्गत मंगलबार चौथो क्वाटर फाइनल खेल रोयल एफसी र खोपरेल एफसीमाझ सम्पन्न भयो।
यस खेलको पहिलो हाफ निक्कै रोमाञ्चक भएको थियो। पहिलो हाफको खेल 2-2 गोलको बराबरीमा समाप्त भयो। पहिलो हाफमा पहिलो गोल रोयल एफसीको तर्फबाट जर्सी नम्बर 9 रोनिक राईले गरेका थिए भने खोपरेल एफसीको तर्फबाट लगत्तै जर्सी नम्बर 13 अभिषेक ठकुरीले गोल गरेर बराबरमा ल्याए।
त्यसको केही क्षणमै रोयल एफसीको तर्फबाट जर्सी नम्बर 7 नयन तामाङले एक गोलको बढत बनाएका थिए। तर, लगत्तै खोप्रेल एफसीको तर्फबाट जर्सी नम्बर 13 अभिषेक ठकुरीले गोल गरेर फेरि खेल बराबरीमा ल्याए।
दोस्रो हाफको खेलमा भने रोयल एफसीले 2 गोल गरेर आफ्नो जित सुनिश्चित गर्यो। दोस्रो हाफमा खोप्रेल एफसीले गोल गर्न सकेन। दोस्रो हाफमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर 5 विश्वास राई र जर्सी नम्बर 6 एन्थोनी छेत्रीले गोल गरेका थिए।
यसरी रोयल एफसीले 4-2 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ द म्याच रोयल एफसीको जर्सी नम्बर 6 एन्थोनी छेत्रीलाई चयन गरियो। अब सेमिफाइनलमा रोयल एफसीको भीडन्त आगामी 24 जनवरीका दिन मिक्स अप बोइज खरसाङमाझ हुनेछ।
पहिलो सेमिफाइनल खेल आगामी 23 जनवरीको दिन नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / हनोक