
बेङ्गलुरु, २० जनवरी (हि.स.)। कर्नाटक सरकारले राज्य नागरिक अधिकार प्रवर्तन निर्देशनालयका डीजीपी रामचन्द्र रावको कथित अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरेको छ। सरकारले यस घटनासम्बन्धी विभागीय छानबिनको आदेश पनि दिएको छ। यसअघि रामचन्द्र राव १० दिनको बिदामा गएका थिए।
भाइरल भिडियोमा उनी एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएको आरोप छ। यसअघि गृह विभागले दुबईबाट अवैध रूपमा सुन ल्याएको आरोपमा पक्राउ परेकी अभिनेत्री रान्या रावका कान्छा बुबा रामचन्द्र रावलाई विमानस्थलमा प्रोटोकल सुविधा उपलब्ध गराइएको घटनामा उनको भूमिकाबारे छानबिन गर्न आदेश दिएको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी