प्रधानमन्त्री मोदीले श्लोकमार्फत ज्ञान र विवेकको सन्देश दिए
pm modi


नयाँ दिल्ली, २० जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार एक प्रेरणादायी संस्कृत श्लोकमार्फत जीवनको सीमित समय, ज्ञानको विशालता र अनेक बाधाबीच सार तत्व ग्रहण गर्नुपर्ने सन्देश दिएका छन्।

प्रधानमन्त्री मोदीले एक्समा श्लोक साझा गर्दै लेखेका छन्—

“अनन्तशास्त्रं बहुलाश्च विद्याः अल्पश्च कालो बहुविघ्नता च।

यत्सारभूतं तदुपासनीयं हंसो यथा क्षीरमिवाम्बुमध्यात्॥”

यस श्लोकको अर्थ अनुसार, शास्त्रहरू अनन्त छन्, विद्याहरू धेरै छन्, तर समय अत्यन्त सीमित छ र बाधाहरू पनि धेरै छन्। त्यसैले जो सारभूत, महत्वपूर्ण र उपयोगी छ, त्यसैलाई ग्रहण गर्नुपर्छ। ठीक त्यस्तै जसरी हांसले पानीको बीचबाट केवल दूध छानेर लिन्छ र बाँकी छोडिदिन्छ।

प्रधानमन्त्री मोदीको यो सन्देश विद्यार्थी र युवाहरू मात्र होइन, समाजका सबै वर्गका लागि प्रेरणादायी छ। यो श्लोकले आधुनिक जीवनको व्यस्तताबीच सही निर्णय लिन, ज्ञानलाई उपयोगी दिशामा प्रयोग गर्न र अनावश्यक भटकावबाट जोगिन सिकाउँछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande