श्रीनगर–बारामुला राजमार्गमा आईईडी भेटियो, सुरक्षा बलद्वारा ठूलो दुर्घटना टारियो
आईईडी निष्क्रिय


श्रीनगर, २० जनवरी (हि.स.)। श्रीनगर–बारामुला राजमार्गमा आज सुरक्षा बलहरूले एक आईईडी (इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस) फेला पारेर ठूलो दुर्घटना हुनबाट जोगाएका छन्। अधिकारीहरूका अनुसार, संदिग्ध आतङ्कवादीहरूले बारामुला जिल्लाको पट्टानी क्षेत्रअन्तर्गत तकिया टप्परमा सडकछेउ आईईडी लगाएका थिए।

सुरक्षा बलको गस्ती टोलीले उक्त आईईडी पहिचान गरेपछि त्यसलाई निष्क्रिय पार्न बम डिस्पोजल टोलीलाई घटनास्थलमा पठाइएको छ। यो घटना गणतन्त्र दिवस समारोह हुन अझै एक हप्ताभन्दा कम समय बाँकी रहँदा भएको हो।

यसबीच, विध्वंसात्मक गतिविधि गर्ने प्रयास हुन सक्ने आशंकालाई ध्यानमा राख्दै कश्मीर उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande