
अन्य महत्वपूर्ण घटनाहरू
२०२० – केन्द्रिय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल ‘निशंक’ ले नयाँ दिल्ली विश्व पुस्तक मेलाको उद्घाटन गरे। यो मेलाको २८औँ संस्करण थियो, जसको विषयवस्तु ‘गान्धीः लेखकहरूको लेखक’ राखिएको थियो।
भारतीय अलराउन्डर इरफान पठानले क्रिकेटका सबै प्रारूपबाट संन्यासको घोषणा गरे।
२०१० – सेबीको आदेशअनुसार भारतमा सेयर बजार खुल्ने समय एक घण्टा अगाडि सारेर बिहान ९ बजे बनाइयो।
२००९ – पीपुल्स डेमोक्रेटिक पार्टीले यूपीएसँगको समर्थन फिर्ता लियो।
२००८ – अमेरिकाले श्रीलंकालाई सैन्य उपकरण तथा सेवाको आपूर्तिमा रोक लगायो।
२००६ – दुबईका शासक शेख मक्तूम बिन राशिद अल मक्तूमको निधन।
२००४ – भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पाकिस्तानका प्रधानमन्त्री जमालीबीच इस्लामाबादमा वार्ता।
२००२ – बेलायती प्रधानमन्त्री टोनी ब्लेयर भारत भ्रमणमा आए।
१९९९ – मंगल ग्रहमा वाष्प (भाप) को विश्लेषणका लागि अमेरिकी यान मार्स पोलार ल्यान्डर प्रोब प्रस्थान।
१९९८ – बंगलादेशले भारतलाई उल्फा महासचिव अनूप चेतियालाई सुम्पिन अस्वीकार गर्यो।
१९९० – पाकिस्तानमा दुई रेल ठोक्किँदा करिब ३०७ जनाको मृत्यु, दोब्बरभन्दा बढी घाइते।
१९७२ – नयाँ दिल्लीमा इन्स्टिच्युट अफ क्रिमिनोलोजी एन्ड फरेन्सिक साइन्स को उद्घाटन।
१९६६ – भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री र पाकिस्तानका राष्ट्रपति जनरल अयुब खानबीच भारत–पाकिस्तान सम्मेलन सुरु।
जन्म
१९९३ – अपूर्वी चन्देला – भारतीय महिला निशानेबाज
१९६५ – आदित्य पञ्चोली – हिन्दी चलचित्र अभिनेता
१९५५ – प्रताप चन्द्र सारंगी – सामाजिक कार्यकर्ता तथा राजनीतिज्ञ
१९५२ – टीएस ठाकुर – भारतका ४३औँ प्रधान न्यायाधीश
१९३१ – निरुपा रोय – प्रसिद्ध भारतीय अभिनेत्री
१९२९ – राममूर्ति त्रिपाठी – हिन्दी र संस्कृतका विद्वान् तथा समालोचक
१९२५ – प्रदीप कुमार – हिन्दी चलचित्रका चर्चित अभिनेता
१९२५ – गोपालदास ‘नीरज’ – हिन्दी साहित्यकार, कवि तथा गीतकार
१९२४ – सेबास्टियन कप्पेन – धार्मिक चिन्तक
१९१६ – निलोफर (राजकुमारी) – ओट्टोमन शाही वंशकी अन्तिम राजकुमारी
१९०६ – विष्णु दामोदर चितले – कम्युनिस्ट नेता, स्वतन्त्रता सेनानी
१८९२ – जे. सी. कुमारप्पा – भारतीय अर्थशास्त्री
१८८९ – एम. पी. शास्त्री – भारतका पूर्व दोस्रो प्रधान न्यायाधीश
१८८७ – लोचन प्रसाद पाण्डेय – हिन्दी र उडिया भाषाका साहित्यकार
१८०९ – लुई ब्रेल – दृष्टिविहीनका लागि ब्रेल लिपिका आविष्कारक
निधन
२०२२ – सिन्धुताई सपकाल – अनाथ बालबालिकाका लागि काम गर्ने सामाजिक कार्यकर्ता
२०१७ – अब्दुल हलीम जाफर खाँ – प्रसिद्ध सितारवादक
२०१६ – एस. एच. कपाडिया – भारतका ३८औँ प्रधान न्यायाधीश
२००९ – सुधीर रञ्जन मजुमदार – भारतीय राष्ट्रिय कांग्रेसका नेता
१९९४ – राहुल देव बर्मन (आर. डी. बर्मन) – प्रख्यात हिन्दी फिल्म संगीतकार
१९९३ – नवलपक्कम पार्थसारथी – आनुवंशिकीविद् तथा धान विज्ञ
१९९१ – जयंतीलाल छोटेलाल शाह – भारतका १२औँ प्रधान न्यायाधीश
१९८३ – झाबरमल्ल शर्मा – साहित्यकार, पत्रकार र इतिहासकार
१९६७ – रामचन्द्र कृष्ण प्रभु – गान्धीवादी र पत्रकार
१९३१ – मोहम्मद अली – स्वतन्त्रता सेनानी, पत्रकार र शिक्षाविद्
१९०५ – अयोध्याप्रसाद खत्री – खडी बोलीका कवि
महत्वपूर्ण अवसर तथा उत्सव
लुई ब्रेल दिवस
---------------
हिन्दुस्थान समाचार / बिशाल