अण्डर 17 स्वर्गीय दावा माइला डुक्पा मेरोमिरियल ट्रफीको खेल तालिका सार्वजनिक
Dukpa memorial


सोनादा, 03 जनवरी (हि.स.)। युनाइटेड रंगबुल फुटबल क्लबले स्वर्गीय दावा माइला डुक्पा अण्डर 17 फुटबल मेमोरियलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। 460 पूल कम्युनिटी हल अजम्बारी संघ रंगबुलमा स्वर्गीय दावा माइला डुक्पाका दाजु मिटु डुक्पा, डुक्पा परिवार र युनाइटेड रंगबुल फुटबल क्लबका सदस्यहरू, रंगबुल फुटबल एकेडेमीका सभापति बन्धन चामलिङ र अन्य सदस्यहरूको उपस्थितिमा उक्त खेल तालिका सार्वजनिक गरियो।

प्रतियोगिता आगामी 12 जनवरी, 2026 देखि शुरू हुने छ। उद्घाटनका दिन सबै फुटबल प्रेमीहरूलाई उपस्थित भइदिन उनीहरूले अनुरोध गरेका छन्।‌ कार्यक्रम बिहान 11 बजीदेखि शुरु हुनेछ।

उद्घाटन खेल सङ्कट एफसी र एफसी कोतवालीबीच हुनेछ। दोस्रो खेल दाजु भाई युनाइटेड र अजम्बरी संघ 460 रंगबुलबीच हुनेछ। यो फुटबल प्रतियोगिता युनाइटेड रंगबुल फुटबल क्लबले रंगबुल फुटबल एकेडेमीसँग मिलेर आयोजना गरिरहेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande