
पूर्व मेदिनीपुर, 03 जनवरी (हि.स.)। शनिवार बिहान भाजपा विधायक अशोक डिंडा आफ्ना सहयोगी तथा जिल्ला भाजपाका कार्यकर्ताहरूसित पार्टी कार्यकर्ता सुब्रत अधिकारीको घरमा पुगे। सुब्रत अधिकारी, जो मयनाको 194 नम्बर बूथका सक्रिय भाजपा कार्यकर्ता थिए,-लाई गए शुक्रवार आफ्नो घर छेउकै पोखरीमा मृत भेटियो। उनको मृत्युले सम्पूर्ण क्षेत्रमा शोक अनि सन्त्राष व्याप्त भएको छ।
पूर्व सांसद दिव्येन्दु अधिकारी र मयना विधायक अशोक डिंडाले मृतक परिवारसित भेट गरी परिवारहरूलाई सान्त्वना दिए। दुवै नेताहरूले पत्रकारहरूका धेरैवटा प्रश्नको उत्तर पनि दिए।
अशोक डिंडाले भने, भाजपाले सुब्रत अधिकारीलाई न्याय दिलाउनको लागि हरसम्भव प्रयास गर्नेछ। उनले स्पष्ट पारे, उनीहरूलाई पुलिसको कारबाहीमाथि भरोसा छैन। डिंडाले भने, हामी 90 प्रतिशत सुनिश्चित छौं कि काठको बार लगाइएको पोखरीमा नानी पनि झर्न सक्दैन भने हष्ट-पुष्ट सुब्रत कसरी झर्नसक्छ। यो एउटा सुनियोजित हत्या हो र हत्या गरेर शवलाई पोखरीमा फालिएको हो। पुलिससित अनुरोध छ, अन्तिम 72 घण्टामा सुब्रत कहाँ थियो, उनको फोन डिटेल्स निकालियोस्, यसबाट सम्पूर्ण वास्तविकता छर्लङ्ग हुनेछ।
डिंडाले यो पनि भने, नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले परिवारलाई आर्थिक सहयोग दिएका छन्। उनले बताए, तथापि हामी परिवारलाई ती सबै कुरा दिन सक्दैनौं जुन कुरा उनीहरूले गुमाएका छन्, तर पनि जे सम्भव हुन्छ, त्यो अवश्य गर्नेछौं।
सुब्रत अधिकारी हाम्रो परिवारका महत्वपूर्ण अंग थिए। हाम परिवारका सक्रिय कार्यकर्ता थिए। दोषीहरूलाई छाड़िनेछैन। सड़कदेखि सदनसम्म आन्दोलन गरेर हामी न्याय दिलाउनेछौं अनि पुलिससित निष्पक्ष जाँचको माग गर्दछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा