
आसनसोल, 03 जनवरी (हि.स.)। जामुड़िया थाना क्षेत्र अन्तर्गत तपसी गाउँमा बितेको सात महिनादेखि पिउने पानीको आपूर्तिलाई लिएर संकट व्याप्त भएको छ। पर्याप्त पिउने पानी आपूर्ति नभएको कारण रूष्ट स्थानीय महिलाहरूले एनएच- 60 लाई जाम गरी जोरदार विरोध प्रदर्शन गरे। यस अवधि लगभग 20 मिनटसम्म राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपले बाधित रह्यो।
प्रदर्शनकारी महिलाहरूले बताए, उनीहरूको स्थानमा बितेको सात महिनादेखिको पिउने पानीको संकट उत्पन्न भएको छ। यसलाई लिएर बारम्बार प्रशासनसित सिकायत गर्दा पनि अहिलेसम्म कुनै ठोस कारबाही गरिएको छैन न त कुनै स्थायी समाधान नै खोजेको छ। महिलाहरूले चेताउनी दिए, यदि सात दिनभित्रमा तापसी क्षेत्रमा उचित पिउने पानीको व्यवस्था गरिएन भने आगामी दिनमा ठूलो आन्दोलन गर्न बाध्य हुनेछौं।
महिलाहरूको भनाइ छ, क्षेत्रमा दुईवटा पोखरी छन्, तर एउटा पोखरीको पानीको सम्पर्क काटिएको छ जसले गर्दा स्थिति अझ गम्भीर भएको छ। पानीको अभावले दैनन्दिन कामकाज, खाना पकाउन तथा स्वच्छता जस्ता बुनियादी आवश्यकताहरू पूरा गर्न अप्ठ्यारो परिरहेको छ। प्रशासनद्वारा कुनै ठोस पहल नगरिएको कारणले उनीहरूललाई सड़क जाम गर्ने बाटो अप्नाउनु पऱ्यो।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो। त्यसपछि तृणमूल कंग्रेसकाक कार्यकर्ता राजू मुखर्जीले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरे। उनले बताए, पीएचई पाइपलाईनमा तकनिकी खराबीको कारणले पानीको समस्या उत्पन्न भएको हो जसलाई चाँड़ै हल गर्ने प्रयास गरिनेछ। उनको आश्वासनपछि जामलाई हटाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा