पौष पूर्णिमा पर्वमा सनातनी किन्नर अखाडाद्वारा अमृत स्नान सम्पन्न
पौष पूर्णिमा पर्वमा सनातनी किन्नर अखाडाद्वारा अमृत स्नान सम्पन्न


प्रयागराज, ०३ जनवरी (हि.स.)। सनातनी किन्नर अखाडाकी आचार्य महामण्डलेश्वर स्वामी कौशल्या नन्द गिरी उर्फ टीना आमाले शनिबार आफ्ना शिष्यहरूसहित पतित–पावनी माता गङ्गामा आस्थाको डुब्की लगाउँदै पुण्य आर्जन गरिन्।

आचार्य महामण्डलेश्वर स्वामी कौशल्या नन्द गिरीले संगम तटमा पौष पूर्णिमाको शुभ मुहूर्तमा शिष्यहरूसँग स्नान गरेपछि माता गङ्गाको दुग्ध अभिषेक गर्दै गङ्गा पूजन सम्पन्न गरिन्।

उनले माता गङ्गा, यमुना तथा अन्तःसलीला सरस्वतीसँग लोककल्याणको कामना गरिन्। यस अवसरमा उनले जानकारी दिइन्, सन् २०२५ को नोभेम्बर महिनामै सनातनी किन्नर अखाडाको गठन गरिएको हो। किन्नर अखाडाबाट अलग भएर सनातनी किन्नर अखाडाको स्थापना गरिएको हो।

उनले पहिलो पटक माघ मेलामा सनातनी किन्नर अखाडाको शिविर स्थापना गरिएको जानकारी पनि दिइन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande