हत्या गरी युवकको शव फ्याकियो
हत्या गरी युवकको शव फ्याकियो


कानपुर, 03 जनवरी (हि.स.)। उत्तर प्रदेशको कानपुरमा सचेण्डी थाना क्षेत्र अन्तर्गत एक अज्ञात युवकको निर्मम हत्या गरी उसको शव नहरको किनारमा फालिएको छ। बटुवाहरूबाट प्राप्त जानकारीको आधारमा पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र अनुसन्धान शुरु गरेको छ।

बिनौर नहर नजिकै मृत भेटिएको युवकको दुवै हात मफलरले बाँधिएको थियो र शरीरमा धेरै चोटपटक लागेको थियो। युवकलाई पहिले बाँधेर निर्ममतापूर्वक कुटपिट गरिएको र पछि शव नहरको किनारमा फालिएको प्रतीत हुन्छ। शनिवार बटुवाहरूले शव देखेपछि पुलिसलाई जानकारी दिए। पुऋलिस घटनास्थलमा पुग्यो र घटनास्थलको निरीक्षण गरी शवलाई पोस्टमार्टमको लागि पठायो।

सचेन्डी थाना प्रभारी विक्रम सिंहले डायल 112 मार्फत जानकारी प्राप्त भएको बताए। मृतकको पहिचानको निम्ति उसको फोटो सामाजिक सञ्जाल र वरपरका थानामा पठाइएको छ। छिट्टै नै मामिलाको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande