खरसाङमा‌ प्रस्तावित मिथुन चक्रवर्तीको जनसभा स्थगित
bjp kurseong


खरसाङ, 03 जनवरी (हि.स.)। खरसाङमा भारतीय जनता पार्टीको जनसभा अनि बलिवुड अभिनेता मिथुन चक्रवर्तीको कार्यक्रम रद्द भएको छ। खरसाङमा आज एक पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीका नेताहरुले उक्त जानकारी गराइए।

भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले भने, खरसाङको जनसभा हालका लागि रद्द गरिएको छ। रोजगार (श्रम) मन्त्री मनसुख मण्डावियाको सिलगुढी आगमनका कारण उक्त कार्यक्रम रद्द गरिएको हो। नयाँ श्रम संहिता, जुन जनवरीदेखि लागू भएको छ, सोहि विषयमा दार्जिलिङ भाजपा नेतृत्वसँग महत्वपूर्ण बैठक हुने उनीहरुले बताए।

चाँडै खरसाङमा ठूलो जनसभा आयोजना गर्ने योजना रहेको पनि उनीहरूले जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande