मुख्यमन्त्रीले सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीशलाई स्वागत जनाए
नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुहम्मद मुस्ताक आयुमन्तकाथ


गान्तोक, 03 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुहम्मद मुस्ताक आयुमन्तकाथलाई सिक्किममा हार्दिक स्वागत जनाएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा इमानदारी, निष्ठा र संवैधानिक मूल्यमान्यताप्रतिको अटल प्रतिबद्धताले चिनिने उनको उत्कृष्ट करियरले न्यायपालिकालाई अझ बलियो बनाउनेछ र हाम्रो राज्यमा न्यायको सर्वोच्च परम्परालाई कायम राख्नेछ भनी विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले न्यायमूर्ति मुस्ताकको सफल र अर्थपूर्ण कार्यकालको लागि शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, शक्ति र सम्मानित जिम्मेवारीहरूको निर्वहनमा सफलताको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande