
पाकिम, 03 जनवरी (हि.स.)। सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताक शनिवार सॉंझ सिक्किम आइपुगेका छन्। मुख्य न्यायाधीशलाई रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा सिक्किम उच्च न्यायालयका रेजिस्ट्रार (न्यायिक सेवा) जीवन कुमार खडका लगायत गृह विभागकी संयुक्त सचिव प्रणीत प्रधानले स्वागत जनाए।
यस अवसरमा रम्फूमा एसडीपीओ, रम्फू पर्यटक सूचना केन्द्रका संयुक्त निदेशक लगायत सिक्किम उच्च न्यायालय, पर्यटन विभाग र एसटीडीसीका अधिकारीहरू पनि उपस्थित थिए। सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकको भोलि, चार जनवरीका दिन राजधानीको लोक भवनमा शपथ ग्रहण समारोह प्रस्तावित रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल