
मङ्गन, 03 जनवरी (हि.स.)। उत्तर सिक्किमको टुङ-नागा मार्ग भार प्रतिबन्धसहित वाहनहरूको आगवागमनको लागि खुल्ला गरिएको छ। मङ्गन जिल्लाको जिल्लापाल कार्यालयले 107 आरसीसी, ग्रेफ, बीआरओका अफिसर कमाण्डिङको सूचनापछि उक्त सड़क मार्ग वाहनहरूको आवागमनको लागि खुल्ला गरिएको जानकारी गराएको छ।
जिल्लापाल कार्यालयद्वारा जारी सार्वजनिक सूचना अनुसार, चुङथाङतर्फ जानका लागि २० टनसम्मको अधिकतम भार क्षमताका सबै वर्गका सवारी साधनहरूलाई उक्त मार्गमा अनुमति दिइने छ। रिचुमा रहेको बेली ब्रिजको भार वहन क्षमतालाई ध्यानमा राख्दै भार प्रतिबन्ध लगाइएको हो।
यस अतिरिक्त, यात्रीहरू र ट्रान्सपोर्टहरूका लागि अतिरिक्त मार्ग प्रदान गर्दै साङ्कलङ-साफो-सिपग्येर भएर चुङथाङ पुग्ने वैकल्पिक मार्ग पनि सबै वर्गका वाहनहरूका लागि खुल्ला रहनेछ।
सार्वजनिक सूचनामा सबै सडक प्रयोगकर्ताहरूलाई सार्वजनिक सुरक्षाको हितमा उक्त मार्गहरूमा यात्रा गर्दा निर्धारित भार प्रतिबन्धहरूको पालना गर्न र उचित सावधानी अपनाउन सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल