मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए
PS Tamang and om prakash Mathur


गान्तोक, 04 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई नयॉं वर्षको हार्दिक शुभकामना दिॅंदै उनको निरन्तर समर्थन, ज्ञान तथा प्रेरणादायी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा राज्यपाल ओम प्रकाश माथुरसॅंग लोक भवनमा शिष्टाचार भेट गरी नयॉं वर्षको हार्दिक शुभकामना व्यक्त गर्ने सौभाग्य प्राप्त भएको बताएका छन्।

मुख्यमन्त्रीले भने, 'यस सौहार्दपूर्ण भेटले राज्यको सेवामा राज्यपालको निरन्तर मार्गदर्शनका लागि उहाँको उत्तम स्वास्थ्य, सुख–समृद्धि तथा दीर्घायुको कामना व्यक्त गर्ने अवसर प्रदान गर्‍यो। राज्यपालज्यूको निरन्तर समर्थन, विवेकपूर्ण सुझाउ तथा प्रेरणादायी नेतृत्वप्रति म गहिरो कृतज्ञता व्यक्त गर्दछु।'

मुख्यमन्त्रीले नयाँ वर्षले हाम्रो जनताको कल्याण र राज्यको प्रगतिका लागि नयाँ ऊर्जा र सफलता ल्याओस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande