
गेजिङ, 04 जनवरी (हि.स.)। नयाँ वर्षको शुरुवातसँगै सशस्त्र सीमा बल (एसएसबी) को ७२औँ बटालियन, योक्समको सीमा चौकीहरूमा भारी हिमपात भएको छ। शनिवारदेखि शुरु भएको हिमपातले सम्पूर्ण क्षेत्र सेतो हिउँले ढाकिएको छ। उक्त जानकारी आज एसएसबीले एक प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, चुनौतीपूर्ण मौसम अवस्थाका बावजुद पनि ७२औँ बटालियन एसएसबीका जवानहरू आफ्नो कर्तव्यप्रति दृढ रहँदै सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा सतर्कता कायम राख्न निरन्तर तैनाथ छन्। हिमपातका कारण उत्पन्न हुन सक्ने कुै पनि परिस्थितिको सामना गर्न जवानहरू पूर्ण रूपमा तयार छन् र स्थानीय जनताको सुरक्षा तथा कल्याण सुनिश्चित गर्न निरन्तर प्रयासरत छन्।
७२औँ बटालियन एसएसबी कुनै पनि परिस्थितिमा राष्ट्रको सीमा सुरक्षा तथा जनताको शान्ति र सुरक्षाप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल