विमान इन्धनको मूल्य १६ रुपियाँले बढेर प्रतिलिटर १३७ रुपियाँ, नयाँ दर लागू
विमान ईंधन के लोगो का प्रतीकात्मक चित्र


नयाँ दिल्ली, 0१ अक्टोबर (हि.स.)। सार्वजनिक क्षेत्रका तेल तथा ग्यास विपणन कम्पनीहरूले चाडपर्वको मौसमअघि विमान इन्धन अर्थात् एभिएसन टर्बाइन फ्युल (एटीएफ) को मूल्य वृद्धि गरेका छन्। कम्पनीहरूले एटीएफको मूल्यमा १३.२२ प्रतिशतले वृद्धि गरेका छन्। यससँगै लगातार तेस्रो महिनादेखि एटीएफको मूल्य बढाइएको हो। नयाँ दर बिहिबारदेखि लागू भएको छ।

इन्डियन आयलको वेबसाइटका अनुसार, विमान इन्धनको मूल्य प्रतिलिटर करिब १६ रुपियाँले बढाइएको छ। यसअघि प्रतिलिटर १२१ रुपियाँ रहेको एटीएफको मूल्य अब बढेर १३७ रुपियाँ पुगेको छ। मूल्यवृद्धिपछि दिल्लीमा घरेलु वायुसेवा कम्पनीहरूका लागि विमान इन्धनको मूल्य प्रतिकिलोलिटर करिब १ लाख ३७ हजार रुपियाँ (प्रतिलिटर १३७ रुपियाँ) पुगेको छ।

यसअघि पश्चिम एसियामा जारी सङ्कटका कारण सेप्टेम्बर महिनामा एटीएफको मूल्य प्रतिलिटर ६ रुपियाँ २८ पैसा अर्थात् ५.४६ प्रतिशतले बढाइएको थियो। त्यसैगरी अगस्त महिनामा पनि प्रतिलिटर ५ रुपियाँले मूल्य वृद्धि गरिएको थियो।

अक्टोबर महिनामा गरिएको वृद्धि करिब १३ प्रतिशत रहेको छ। पछिल्ला तीन महिनामा मात्रै जेट इन्धनको मूल्य करिब २५ प्रतिशतले बढिसकेको छ।

उल्लेखनीय छ, वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा एटीएफको हिस्सा करिब ४० प्रतिशतसम्म हुने गर्दछ। त्यसैले इन्धनको मूल्य वृद्धि एयरलाइन्सका लागि प्रमुख लागत कारक मानिन्छ। यस कारण आगामी दिनमा हवाई यात्रा थप महँगो हुन सक्ने अनुमान गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande