चाडपर्वअघि व्यावसायिक एलपीजी ग्यास सिलिन्डर महँगियो, घरेलु ग्यासको मूल्य यथावत
प्रतीकात्मक


नयाँ दिल्ली, 0१ अक्टोबर (हि.स.)। भारतमा चाडपर्वको मौसम शुरु हुनुअघि तेल विपणन कम्पनीहरूले एलपीजी ग्यास सिलिन्डरको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन्। तर, यो वृद्धि केवल १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी ग्यास सिलिन्डरमा मात्र लागू गरिएको छ। १४.२ किलोग्राम क्षमताको घरेलु एलपीजी ग्यास सिलिन्डर (रसोई ग्यास) को मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

मूल्यवृद्धिपछि आजदेखि भारतका विभिन्न राज्यहरूमा व्यावसायिक एलपीजी ग्यास सिलिन्डर ६२ रुपियाँ ५० पैसादेखि ७५ रुपियाँसम्म महँगो भएको छ। सबैभन्दा बढी ७१ रुपियाँ ५० पैसाको वृद्धि पटनामा गरिएको छ भने सबैभन्दा कम ६२ रुपियाँ ५० पैसाको वृद्धि दिल्लीमा भएको छ।

ग्यास सिलिन्डरको मूल्य बढेसँगै रेस्टुरेन्ट, ढाबा तथा क्याटरिङ सेवा सञ्चालन गर्ने व्यावसायिक उपभोक्ताहरूमा थप आर्थिक भार पर्ने भएको छ। यसको असर उपभोक्तालाई प्रदान गरिने सेवाको मूल्यमा पनि पर्न सक्ने अनुमान गरिएको छ। एलपीजी ग्यासको मूल्यवृद्धि केवल व्यावसायिक सिलिन्डरमा गरिएको हो भने घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ किलोग्राम क्षमताको सिलिन्डरको मूल्य यथावत राखिएको छ।

तेल विपणन कम्पनीहरूले उपलब्ध गराएको जानकारीअनुसार, दिल्लीमा १९ किलोग्रामको व्यावसायिक एलपीजी ग्यास सिलिन्डर ६२ रुपियाँ ५० पैसा महँगिएर २,७४७ रुपियाँ ५० पैसाबाट बढेर २,८१० रुपियाँ पुगेको छ। त्यसैगरी मुम्बईमा यो सिलिन्डर ६३ रुपियाँ ५४ पैसा महँगिएर २,७६४ रुपियाँ ५४ पैसामा उपलब्ध भएको छ।

कोलकातामा व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्य ७० रुपियाँले बढेको छ। त्यहाँ आजदेखि १९ किलोग्रामको सिलिन्डर २,९५४ रुपियाँमा उपलब्ध छ। चेन्नईमा यो सिलिन्डर ६६ रुपियाँ ५० पैसा महँगिएर २,९८३ रुपैयाँ पुगेको छ।

बिहारको राजधानी पटनामा १९ किलोग्रामको व्यावसायिक ग्यास सिलिन्डर ७१ रुपियाँ ५० पैसा महँगिएर ३,०२९ रुपियाँबाट बढेर ३,१०० रुपियाँ ५० पैसा पुगेको छ। उत्तर प्रदेशको राजधानी लखनउमा पनि यो सिलिन्डर ६२ रुपियाँ ५० पैसा महँगिएर २,९३२ रुपियाँ ५० पैसामा पुगेको छ।

अहमदाबादमा १९ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य बढेर २,८३१ रुपियाँ ५० पैसा पुगेको छ। त्यसैगरी लेहमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य ३,३८५ रुपियाँ ५० पैसाबाट बढेर ३,४५० रुपियाँ पुगेको छ। कन्याकुमारीमा यसको मूल्य ३,०४६ रुपियाँ पुगेको छ भने अरुणाचल प्रदेशको तवाङमा व्यावसायिक ग्यास सिलिन्डर ३,०७३ रुपियाँ ५० पैसामा उपलब्ध भएको छ।


 rajesh pande