मणिपुरमा दुई उग्रवादी पक्राउ, हतियार तथा अन्य सामग्री बरामद
मणिपुर पुलिस द्वारा चलाए गये अभियानों से संबंधित फोटो


इम्फाल, 0१ अक्टोबर (हि.स.)। मणिपुर पुलिस तथा सुरक्षा बलले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा सञ्चालन गरेको छुट्टाछुट्टै अभियानमा दुई जना उग्रवादीलाई पक्राउ गरेको छ। यस क्रममा जबर्जस्ती रकम असुलीमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। साथै लुकाएर राखिएको ठूलो परिमाणमा हतियार तथा अन्य सामग्री बरामद गरिएको छ।

मणिपुर पुलिस मुख्यालयले बिहिबार जारी गरेको आधिकारिक सूचनाअनुसार, बुधबार म्यानमारबाट कामजोङ हुँदै प्री-पाक (प्रो) का वरिष्ठ कार्यकर्ता घुसपैठ गर्ने विश्वसनीय सूचनाका आधारमा चन्द्रखोङ क्षेत्रमा कडा सवारी जाँच चौकी स्थापना गरिएको थियो। सवारीसाधन जाँचका क्रममा काकमायई मयाई लीकाई निवासी प्री-पाक (प्रो) का स्वयंघोषित क्याप्टेन मोइराङथेम बोबोय सिंह उर्फ ल्याङ्गम (५६) लाई पक्राउ गरिएको हो। सोधपुछका क्रममा उनले विष्णुपुरका चार किशोरलाई भर्ती गरी म्यानमार पठाउन आफ्नो भूमिका रहेको बताएका छन्।

यसैगरी, अर्को अभियानमा सीडीओ इम्फाल पूर्वले खुराई पुथिबा लीकाईमा अभियान सञ्चालन गरी आरपीएफ/पीएलएका सक्रिय कार्यकर्ता नेप्रम सिंहाजीत सिंह (४६) लाई पक्राउ गरेको थियो। उनी नयाँ कार्यकर्ता भर्तीमा संलग्न रहेको आरोप छ। नयाँ भर्ती भएका कार्यकर्तालाई उखरुल लैजान बसको टिकटको व्यवस्था गर्न उनी उक्त क्षेत्रमा आएको बताइएको छ।

अर्को कारबाहीमा प्राप्त गुप्त सूचनाका आधारमा चन्देल पुलिस र असम राइफल्सको संयुक्त टोलीले मोलचम प्रहरी चौकीअन्तर्गतको क्षेत्रमा तलासी अभियान चलाएको थियो। तलासीका क्रममा लुकाएर राखिएको हतियार तथा गोलीगट्ठाको भण्डार फेला परेको थियो।

बरामद सामग्रीमा तीनवटा एसबीएमएल (सिङ्गल ब्यारेल मजल लोडिङ) बन्दुक, एउटा पम्प गन, एउटा चिनियाँ ग्रेनेड, एउटा स्थानीय रूपमा बनाइएको ग्रेनेड, चारवटा डमी मोर्टार, चारवटा डेटोनेटर, दुईवटा डिले फ्युज, तारका नौ टुक्रा रहेको एउटा कन्टेनर, जसलाई आईईडीमा प्रयोग गर्न सकिने आशंका गरिएको छ, आठवटा पाउच, एउटा बाओफेङ सेट, ५.५६ एमएम एम४ का १६ राउन्ड, ९ एमएमको एउटा राउन्ड तथा दुईवटा बुलेटप्रुफ कभरलगायत सामग्री रहेका छन्। बरामद सामग्री आवश्यक कारबाहीका लागि मोलचम पुलिस चौकीलाई बुझाइएको छ।

यसैबीच, सोही दिन जबर्जस्ती रकम असुलीसम्बन्धी गतिविधिबारे प्राप्त सूचनाका आधारमा चुराचाँदपुर पुलिस चौकीको टोलीले अभियान सञ्चालन गरी खोमोई गाउँबाट एक जनालाई पक्राउ गरेको थियो। जॉंचका क्रममा उनले आफ्नो परिचय चुराचाँदपुर निवासी लेटगिनथाङ हाओकिप (४४) का रूपमा दिएका थिए। उनले विभिन्न सशस्त्र संगठनका नाममा सर्वसाधारणबाट जबर्जस्ती रकम असुलीमा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनको साथबाट एउटा मोबाइल फोन र १० हजार रुपियाँ नगद बरामद गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande